सीसीएमसीको बैठकले लकडाउनलाई कडाई गर्न मन्त्रिपरिषदलाई सिफारिस मन्त्रिपरिषद बैठक जारी !

सीसीएमसीको बैठकले लकडाउनलाई कडाई गर्न मन्त्रिपरिषदलाई सिफारिस मन्त्रिपरिषद बैठक जारी !

सीसीएमसीको बैठकले लकडाउनलाई कडाई गर्न मन्त्रिपरिषदलाई सिफारिस मन्त्रिपरिषद बैठक जारी !

कोभिड १९संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले लकडाउनलाई कडाई गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको छ। सोमबार बसेको सीसीएमसीको बैठकले कोरोना संक्रमित तीब्र रुपमा बढ्दै गएकाले लकडाउन कडाई गर्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषदलाई सिफारिस गरेको हो लकडाउन खुकुलो हुँदा संक्रमण दर बढेको भन्दै लकडाउन कडाई गर्ने सरकारले तयारी गरेको हो लकडाउन कडाई गर्ने विषयमा मन्त्रिपरिषद् बैठक साँझ ६बजेदेखि बसिरहेको छ बैठकले काठमाडौं उपत्यका भित्रन सिफारिस अनिवार्य गर्ने निर्णय गरेको छ अब अनिवार्य होम क्वारेन्टाइनमा बस्ने प्रतिवद्धतासहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए उनका अनुसार सो निर्णय हवाई तथा स्थलमार्गबाट आउने सबैमा लागू हुनेछ त्यस्तै बैठकले क्वारेन्टाइनहरुमा स्वास्थ्य सामग्री वितरण गर्न मन्त्रालयको अनुमति अनिवार्य गर्ने निर्णय गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेहरुका लागि स्वास्थ्य जाँचको व्यवस्था मिलाउने निर्णय गरेको गुरागाईँले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए। उनका अनुसार विमानस्थलका कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रतिव्यक्ति २जोरका दरले वितरण गर्ने निर्णय गरेको छ।त्यसैगरी आमा र बच्चा नेपाली नागरिकताधारी र बुबा विदेशी पासपोर्ट भएकाहरुको भिसा सहजिकरणका लागि निर्णय गर्न मन्त्रिपरिषदलाई सिफारिस गर्ने निर्णय गरेको छ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account